क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौँ : कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ। क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो।
दोहाको लुसेल रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको थियो।
खेलको ३४ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।
खेलको ३९ औँ मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। मेसीको सुन्दर पासमा दोस्रो हाफमा अल्भारेजले गोल थप्दै ३ गोल पुर्याए।
बुधवार फ्रान्स र मोरक्कोविचको दोस्रो सेमिफाइनलको विजेतासँग अर्जेन्टिनाले फाइनल खेल्ने छ।
मंसिर २८, २०७९ बुधबार ०२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।