पहिलो हाफमा अर्जेन्टिनालाई २ गोलको अग्रता

पहिलो हाफमा अर्जेन्टिनालाई २ गोलको अग्रता

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलको पहिलो हाफमा अर्जेन्टिनाले २ गोलले अग्रता लिएको छ।  क्रोएसियाले गोल फर्काउन सकेको छैन। 

दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको हो।

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।

खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका छन्।

मंसिर २८, २०७९ बुधबार ०१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।