ब्रतबन्धमा गएर फर्केको रिजर्भ बस बेथानचोकमा दुर्घटना, १३ जनाको मृत्यु

ब्रतबन्धमा गएर फर्केको रिजर्भ बस बेथानचोकमा दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौंः काभ्रेको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जना घाइते भएका छन्।

बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानको सल्लाफेदमा मंगलबार साँझ ६ बजेतिर बा ३ ख ४३८५ बस दुर्घटना भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।

उनका अनुसार बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हाे।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

मंसिर २७, २०७९ मंगलबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।