मोटरसाइकलको ट्याङ्कीमा लुकाएर २४ लाख नेपाल ल्याउने भारतीय नागरिक पक्राउ

मोटरसाइकलको ट्याङ्कीमा लुकाएर २४ लाख नेपाल ल्याउने भारतीय नागरिक पक्राउ

धनुषा : मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रूपैयाँसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताएका २३ वर्षीय उमेश कुमार रहेका छन्।

जिल्लाको बिदेह नगरपालिका–९ ईटहर्वास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा रकम फेला पारेको थियो।

पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रूपैयाँ तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको सशस्त्र प्रहरी केन्द्रीय समाचार शाखाले जानकारी दियो।

मंसिर २७, २०७९ मंगलबार १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।