रेमिट टू नेपाल एनपीएसमा आबद्ध

रेमिट टू नेपाल एनपीएसमा आबद्ध

काठमाडौं : रेमिट टू नेपाल पनि अब नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ।

मंगलबार भएको सम्झौतामा रेमिट टू नेपालका तर्फबाट संस्थाका महाप्रबन्धक सन्तोष भेटुवाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि रेमिट टू नेपालको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (ल्एक्ष्) सँग जोडी नेशनल पेमेन्ट स्वीच (ल्एक्) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछ।

यस व्यवस्थाअनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरू सोझै लाभग्राहीको बैंक खाता अथवा वालेटमा जम्मा गर्ने छ र चाँडै नै अन्य विभिन्न उपकरणहरू मार्फत पनि उक्त सेवा उपलब्ध गरिनेछ।

मंसिर २७, २०७९ मंगलबार १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।