सत्ता सौदावाजीका लागि अध्यादेश ल्याइनु अनैतिक र असंवैधानिक : विवेकशील साझा

काठमाडौं : विवेकशील साझा पार्टीले सत्ता सौदावाजीको कलुषित मनशाय राखेर दुरगामी असर पार्ने अध्यादेश ल्याउन लागेकोमा गम्भीर आपत्ति जनाएको छ।
मंगलबार विज्ञप्ति निकालेर पार्टीले नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमूल्यन भएके ठहर गरेको छ।
सरकारको कदम कानूनी शासनको धज्जी उडाउने र लोकतन्त्रलाई अझ कमजोर बनाउने प्रपञ्च भएकोमा चिन्ता व्यक्त गर्दै पार्टीले अध्यादेशले विधिको शासनलाई लत्याउँदै प्रणालीमै प्रहार गर्ने यसअघिका पटक–पटकको प्रयासलाई मलजल भएको जनाएको छ।
सरकारले नयाँ सरकारको क्षेत्राधिकार समेत मिचेको भन्दै पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी पीडितहरूको समस्या सम्बोधन गर्न र अध्यादेश फिर्ता लिएर लोकतन्त्रको साख बचाउनसमेत आग्रह गरेका छन्।
मंसिर २७, २०७९ मंगलबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।