धाप ड्यामले पर्यटन प्रवर्द्धनसमेत गर्छ : मन्त्री चौधरी

काठमाडौं : शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्याम पर्यटन प्रवर्द्धनमा ठूलो योगदान गर्ने बताएका छन्।
‘यस ड्यामको निर्माणले बागमती सफाई गर्ने, बागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ,’ सोमबार निरीक्षण गर्न ड्याम पुगेका मन्त्री चौधरीले भने, ‘त्यसका साथै यहाँको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान गर्ने देखेँ।’
मन्त्री चौधरीले बागमतीमा मसेत यस्तै किसिमको ड्याम बनउाने योजना सुनाए।
एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा ४१ करोडमा निर्माण भएको धाम ड्यामको उदेश्य बागमतीमा पानी पठाएर पानीको बहाव नियमित गर्ने रहेको इन्जिनियर रामबाबु शाहले बताए।
विशेषगरीसुख्खा याममा बागमती नदीमा पानीको बहाव घट्न गइ दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरूका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको इन्जिनियर शाहको भनाइ थियो।
सन् २०१७ मा निर्माण सुरू भएको ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको बताइएको छ।
मंसिर २७, २०७९ मंगलबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।