महाेत्तरीमा ९ लाखको अवैध मदिरासहित पञ्चायतका मुखियाकाे गाडी नियन्त्रणमा

महाेत्तरीमा ९ लाखको अवैध मदिरासहित पञ्चायतका मुखियाकाे गाडी नियन्त्रणमा

महोत्तरी : जिल्लामा ९ लाख रूपैयाँको अवैध मदिरासहित दुई जना पक्राउ परेका छन्।

मटिहानी नगरपालिका–७ स्थित परिक्रमा गाछी ईलाकाबाट सशस्त्र प्रहरीले करीब ९ लाख ६४ हजार रूपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो।

बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।

मंसिर २७, २०७९ मंगलबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।