३४ लाख रूपैयाँको अवैध चिनीसहित तीन जना पक्राउ
काठमाडौं : भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको करीब ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनीसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका–५ स्थित धनगडवाबाट मंसिर २५ गते उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
पक्राउ पर्नेमा सोही जिल्लाको प्रतापपुर गाउँपालिका–२ घोडाहा बस्ने ४५ वर्षीय धिरेन्द्र कुमार चौधरी, २० वर्षीय किरणकुमार चौधरी र रामग्राम नगरपालिका–७ उजैनी बस्ने रोशन चौधरी हुन्।
लु १ च ५९६३ र लु २ च ६५५३ नम्बरको पिकअप गाडीमा राखेर ल्याउँदै गरेको चिनीसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई बरामद चिनी तथा गाडीसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ।
मंसिर २७, २०७९ मंगलबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।