थापाथलीमा पाँचदिने विद्युतीय सवारीकाे हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प

थापाथलीमा पाँचदिने विद्युतीय सवारीकाे हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प

काठमाडाैं : नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मंसिर २६ गतेदेखि पुस १ गतेसम्म विद्युतीय सवारीका ग्राहकलाई ५ दिने हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ।

याे क्याम्पले काेना र आईअनक्यू लाइनअपका ३०० भन्दा बढि ग्राहकलाई फाइदा पुग्ने कम्पनीकाे विश्वास छ।

प्रशिक्षित प्राविधिक र अत्याधनिुनिक उपकरणको सहयोगले सवारी धनीहरूलाई प्राविधिक र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले क्याम्प आयाेजना गरिएकाे कम्पनीले जनाएकाे छ।

यस्तै, कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पर्वूजाँच गर्न ग्राहकहरूलाई विभिन्न सुझावहरू पनि दिनेछ। कार्यक्रम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रूपमा चल्नेछ।

देशैभरी ४० भन्दा बढि चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबैकाे पहुँच बढाउने प्रयास गर्दै आएको छ।

साथै कम्पनीले विभिन्न वाणिज्य बैंकहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यनूतम समयमा सबैभन्दा सुलभ ब्याजदरमा विद्युतिय सवारी खरिद गर्न सघाउँदै आएको छ।

मंसिर २७, २०७९ मंगलबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।