२८ लाख घुस लिएकाे आराेपमा रामेछापमा इन्जिनियर र प्लम्बरविरुद्ध मुद्दा दायर

२८ लाख घुस लिएकाे आराेपमा रामेछापमा इन्जिनियर र प्लम्बरविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाले २८ लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई सेवाग्राहीबाट १६ लाख रूपैयाँ नगद र १२ लाख रूपैयाँको चेक लिइसकेको अवस्थामा कात्तिक २ गते पक्राउ गरेको आयोगले जनाएको छ।

आयोगको अनुसन्धानको क्रममा सत्याल र थापाले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख रूपैयाँ लिएको पुष्टि भएपछि २८ लाख रूपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

मंसिर २७, २०७९ मंगलबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।