सुनको मूल्य तोलामा ठ्याक्कै एक लाख

सुनको मूल्य तोलामा ठ्याक्कै एक लाख

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख पुगेको छ। हिजो तोलामा एक लाख दुई सयमा कारोबार भएको सुन आज दुई सय रुपैयाँले घटेर एक लाखमा झरेको हो।

जसअनुसार छापावाल सुनको तोलामा एक लाखमा कारोबार हुँदैछ। यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ५०० तोकिएको छ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। चाँदी आज प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

मंसिर २७, २०७९ मंगलबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।