ट्र्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु, चालक फरार

ट्र्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु, चालक फरार

काठमाडौं: दाङको दंगिशरण गाँउपालिका- ३ एकलीमा हिजो ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगिशरण गाँउपालिका- ६ थपगाँउका १७ वर्षीय सुदीप चौधरी रहेका छन्।

उनको उपचारको क्रममा पौने ९ बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको छ।

हिजो बेलुकी साढे ८ बजे रा१त ४५९३ नम्बरको गुडिरहेको ट्र्याक्टरबाट चौधरी अचानक खसेका थिए। ट्र्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ।

मंसिर २७, २०७९ मंगलबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।