कुलेश्वरमा हायस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

कुलेश्वरमा हायस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं: काठमाडौं महानगरपालिका- १४ कुलेश्वरमा हिजो हायस र मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा एक जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक नार्गाजुन- ४ बस्ने २२ वर्षीय रवीन लामा र पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए। घाइते दुवैको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेकोमा रवीनको भने बेलुकी ८ बजे मुत्यु भएको हो।

हिजो साँझ पौने ६ बजे बा२ख ३२२३ नम्बरको हायस र बा९१प ७४८० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको हो। हायस र चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।

मंसिर २७, २०७९ मंगलबार ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।