प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ मा आज मौसम बदली हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २७, २०७९ मंगलबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।