प्रदेश र संघ दुवैमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

प्रदेश र संघ दुवैमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

काठमाडौं: यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ बढी मत बदर भएको देखिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत मतदान भएकोमा ५.०६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएकोमा ५.०९ प्रतिशत मत बदर भएको छ।

प्रदेश सभातर्फ प्रत्यक्षका लागि एक करोड १० लाख ३४ हजार ५०० अर्थात् ६१.३६ प्रतिशत मतदान भएकोमा ४.०७ प्रतिशत मत बदर भएको छ। प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएकोमा ६.५५ प्रतिशत मत बदर भएको छ।

प्रदेश सभातर्फ प्रत्यक्षमा मनाङको प्रदेश सभा (ख) मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फको सांसदहरूको अन्तिम घोषणा मङ्गलबार गर्ने जनाएको छ।

मंसिर २६, २०७९ सोमबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।