आफ्नै चिनजानका व्यक्तिबाट १७ वर्षीय किशोरी बलात्कृत

कैलाली: कञ्चनपुरमा १७ वर्षिया किशोरी आफ्नै चिनजानका व्यक्तिबाटै बलात्कृत भएकी छन्। उनी जिल्लाको बेलौरी नगरपालिका स्थित कक्षा ९ मा अध्ययन गर्छिन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
किशोरी र उनका आफन्तको जाहेरीका आधारमा बेलौरीकै ३७ वर्षीय साधुराम राना, २० वर्षीय दीपक बोट, र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका दानसिंह भण्डारीले जानकारी दिएका छन्।
किशोरीको महिनावारी रोकिएपछि परिवारले यस घटनाबारे थाहा पाएको थियो। पक्राउ परेका तीन जनाले किशोरीलाई फरक फरक मितिमा पटक-पटक बलात्कार गरेको प्रहरीले जनाएको छ। अहिले किशोरीको स्वास्थ्य परीक्षण गर्नको निमित्त उनलाई सेती प्रादेशिक अस्पताल लगिएको छ।
मंसिर २५, २०७९ आइतबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।