साढे ३४ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

साढे ३४ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं: भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार दुई जना भारतीयलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ। शनिबार विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह र उक्त कार्यालय मातहत ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले UP 31 B x 8091 नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत लखिमपुर खिरी बेलापुर बस्ने वर्ष ५० को समिरा सिंह, र सोही स्थानका ५३ वर्षको शेर सिंह रहेका छन्। कैलारी गाउँपालिका- ७ वसन्तामा चेक जाँच गर्दा उक्त मोटरसाइकलको डिक्कीमा लुकाएर राखेको अवस्थामा लागूऔषध ३४ ग्राम ५१० मिलिग्रामसहित फेला पारी उनीहरू दुवैलाई पक्राउ गरी लागूऔषध खैरो हेरोइनमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको छ।

मंसिर २५, २०७९ आइतबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।