अझै बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख पाँच सय

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज तोलामा दुई सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ५०० रुपैयाँ पुगेको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा बढेको छ। आज प्रतितोला रु १० ले बढेर चाँदी एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ।
मंसिर २५, २०७९ आइतबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।