सडकमा राखिएको माटोको ढिस्कोमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

काठमाडौं: सप्तरीको रुपनी गाँउपालिका- ६ वीरेन्द्रबजारमा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन्।
उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उनको राति सवा ९ बजे मृत्यु भएको हो।
हिजो बेलुकी साढे ८ बजे स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा निर्माणको लागि राखिएको माटोको ढिस्कोमा ठोकिएको थियो।
मंसिर २५, २०७९ आइतबार १०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।