सुनसरीको नहडामा तीन वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु, चार जना घाइते

सुनसरीको नहडामा तीन वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौं: सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ नहडामा हिजो साँझ तीन वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा चार जना भने घाइते भएका छन्।

दुई विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३प १७१, को३८प ९२१० र को१७प ६९४४ नम्बरका मोटरसाइकल हिजो साँझ सवा ६ बजे आपसमा ठोकिएका थिए।

दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

मृतकको सनाखत हुन बाँकी रहेको छ। घाइते भएका ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर २५, २०७९ आइतबार १०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।