मौसम अपडेट: पश्चिम र मध्य तराईमा हल्का हुस्सु

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशको पश्चिम तथा मध्य तराईको भू-भागमा हल्का हुस्सु लागेको जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन।
यतिबेला देशभर मौसम सामान्यतया सफा रहेको छ। पश्चिम तथा मध्य तराईतिर केही स्थानहरूमा हल्का हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ।
आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मंसिर २५, २०७९ आइतबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।