दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार डा. दासलाई

काठमाडौं: यस वर्षको दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार वरिष्ठ मानवअधिकारवादी नेता डाक्टर गौरीशंकरलाल दासलाई प्रदान गरिएको छ। राष्ट्रिय मानव अधिकारद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिकारकर्मी दासलाई पुरस्कार प्रदान गरेका हुन्।
राष्ट्रिय मानवअधिकार आयोगद्वारा स्थापित पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइएको छ।
मानवअधिकारको मूल मन्त्र मर्यादा, स्वतन्त्रता, न्याय र समानता तथा लोकतन्त्रको खातिर जारी २०६२/०६३ को जनआन्दोलनका बेला राष्ट्रिय मानवअधिकार आयोग जनकपुरमा अनुगमनकै सिलसिलामा दयाराम परियारको मृत्यु भएको थियो।
मंसिर २५, २०७९ आइतबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।