विश्वकप: फ्रान्सले इङ्ग्ल्याण्डलाई हराएपछि सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो

विश्वकप: फ्रान्सले  इङ्ग्ल्याण्डलाई हराएपछि सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलका सबै खेल सकिएको छ। आज बिहान सम्पन्न फ्रान्स र इङ्ग्ल्याण्डबीचको खेलको नतिजासँगै सेमिफाइनल समीकरण तय भएको हो।

फ्रान्स र इङ्ग्ल्याण्डबीचको खेल फ्रान्सले २-१ गोलअन्तरले जित्यो। कतारको अल वयात रङ्गशालामा भएको खेलमा फ्रान्सका लागि खेलको १७औँ मिनेटमा अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाए।

खेलको ५४औँ मिनेटमा इङ्ग्ल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर जिरुले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो।

अब सेमिफाइनलमा फ्रान्सले मोरक्कोसँग खेल्नेछ। मोरक्कोले गए राति सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई हराउँदै कीर्तिमानी जित निकालेको थियो। विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो अफ्रिकी टोली समेत बनेको छ।

यसअघि नै अर्जेन्टिना र क्रोएसियाबीच सेमिफाइनल तय भइसकेको छ।

मंसिर २५, २०७९ आइतबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।