माओवादी केन्द्रबाट १४ जनाको समानुपातिक सूची तयार, पुरुष दुई जना मात्रै

काठमाडाैं : माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ।
१४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भने १२ जना महिला रहेका छन्।
पार्टीले आदिवासी जनजाति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङलाई चयन गरेकाे छ।
खस आर्यमा हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा र रुपासोसी चौधरी चयन हुँदा दलिततर्फ रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी रहेका छन्।
मधेशीमा मीना यादव र अमरावती देवी यादवलाई पार्टीले चयन गर्दा पिछडिएको क्षेत्रबाट कल्पना मिया चयन भएकी छन्।
मंसिर २४, २०७९ शनिबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।