शंकर पोखरेलकी बहिनीसहित यी हुन् एमालेबाट सांसद बन्ने ३४ जना

काठमाडौं : एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो।
पार्टीले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा चयन गरेकाे छ।
यस्तै खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल पनि सांसद् बन्ने भएका छन्। मेनका शंकर पाेखरेलकी बहिनी हुन्।
थारुतर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा चुनिएका छन्।
मधेशी समूहमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया पर्दा मुस्लिमतर्फ सराज अहमद खान सूचीमा अटाएका छन्।
मंसिर २४, २०७९ शनिबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।