स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिकको १३ जनाको नाम, चलचित्र निर्देशक असिम साह पनि सांसद्

स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिकको १३ जनाको नाम, चलचित्र निर्देशक असिम साह पनि सांसद्

काठमाडौं : पहिलो पटक संसदमा प्रतिनिधित्त्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ।

चलचित्र निर्देशक असिम साहसहित पार्टीले १३ जनाको नाम टुंग्याएको हो। दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ चयन भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनिता कठायत, मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट निर्देशक साह छनोट भएका उनले बताए।

मंसिर २४, २०७९ शनिबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।