राप्रपा पाँचथरले अन्तरघात गर्नेलाई कारबाही गर्ने

राप्रपा पाँचथरले अन्तरघात गर्नेलाई कारबाही गर्ने

पाँचथर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले गत निर्वाचनमा जिम्मेवारी पूरा नगर्ने, अन्तरघात गर्ने नेता, कार्यकर्तामाथि यथार्थ छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ। फिदिममा सम्पन्न जिल्ला समीक्षा भेलाको निर्णय बमोजिम पार्टी हितविपरीत कार्य गर्नेलाई आवश्यक कारबाही गर्ने निर्णय गरिएको हो।

जिल्ला अध्यक्ष कमलबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरूलाई धन्यवाद दिने निर्णय गरेको छ।

अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदन अनुरुप जिल्ला मातहतका संगठनहरू गठन वा पुनर्गठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरू संचालन गर्ने निर्णय गरेको छ। यसैगरी पुष १५ भित्र जिम्मेवारी सम्पन्न गर्ने गरी वडा तहसम्म टोलीहरू परीचालन गर्ने निर्णय गरेको छ।

जिल्ला उपाध्यक्ष प्रयागराज सुवेदीले सहभागीहरूलाई स्वागत गर्दै देशव्यापी रूपमा राप्रपाले फड्को मारेको बताए भने जिल्ला सहसचिव संजिव जोशीले राप्रपामा युवा पुस्ताको आकर्षण बढेको बताए।

मंसिर २४, २०७९ शनिबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।