झापा र मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा र मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं: झापा र मोरङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हिजो राति साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने-राजगढ सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक बाह्रदशी-३ का २२ वर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

यस्तै मोरङको लेटाङ नगरपालिका-९ स्थित तेली खोलाको निर्माणाधीन पुलमा को१ख ४०७७ नम्बरको मिक्सचर मेसिनले सूर्य एण्ड सन्स कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका-१४ सिरहाका २४ वर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा संलग्न चालक शम्भु राजधामीलाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

मंसिर २४, २०७९ शनिबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।