शनिबारको मौसम: कतै बदली, बाँकीमा सफा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मौसम बदली हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाले जनाएको छ।
यतिबेला प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ।
मंसिर २४, २०७९ शनिबार ०७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।