रोमाञ्चक खेलमा जितसँगै मेस्सीले वर्ल्ड ट्रफी उचाल्ने अवसर कायमै

काठमाडौं : पेनाल्टी सुटआउटमा नेदरल्यान्डलाई हराउँदै अर्जेन्टिनाले विश्वकप यात्रा जारी राखेको। क्वाटरफाइनलको जितसँगै लियोनल मेसीले वर्ल्ड कपको ट्रफी उचाल्ने सम्भावना बलियो बनेको छ।
इन्ज्युरी समयको अन्तिम केही सेकेन्ड बाँकीहुँदा नेदरल्यान्डलाई रोक्न नसक्दा निर्धारित समयमा नतिजा आएन। लुसैल स्टेडियममा जारी खेलमा ओउट वेग्होस्र्टको गोलमा डच टोलीले अर्जेन्टिनासँग २–२ को बराबरी भएपछि थप ३० मिनेट थपियो।
थपिएको समयमा कुनै टिमले गोल गर्न नसकेपछि विजेताका लागि पेनाल्टीमा खेल पुग्यो। नेदरल्यान्डका २ खेलाडी गोल गर्न चुक्दा अर्जेन्टिना सेमिफाइनलमा पुग्यो।
नेदरल्याण्ड्सका लागि दुवै गोल ओउट वेग्होस्र्टले गरेका थिए। खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
७३ औँ मिनेटमा कप्तान मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाले अग्रता दोब्बर पारे। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।
पहिलो क्वाटरफाइनलको खेल पनि पेनाल्टीबाट निर्णयहुँदा क्रोएसियाले जितेको थियो भने ट्रफीको दावेदार मानिएको ब्राजिल बाहिरियो।
मंसिर २४, २०७९ शनिबार ०४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।