अर्जेन्टिना केही सेकेन्ड चुक्दा धरमरमा

अर्जेन्टिना केही सेकेन्ड चुक्दा धरमरमा

काठमाडौं : इन्ज्युरी समयको अन्तिम केही सेकेन्ड बाँकीहुँदा नेदरल्यान्डलाई रोक्न नसक्दा निर्धारित समयमा नतिजा आएन। लुसैल स्टेडियममा जारी खेलमा ओउट वेग्होस्र्टको गोलमा डच टोलीले अर्जेन्टिनासँग २–२ को बराबरी भयो। 

९० मिनेटमा खेल बराबरी भएसँगै अतिरिक्त समयमा धकेलियो। नेदरल्याण्ड्सका लागि दुवै गोल ओउट वेग्होस्र्टले गरे। यसअघि खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 

७३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो। ८३ औँ मिनेटमा ओउट वेग्होस्र्टको गोलमै नेदल्याण्ड्सले खेलमा फर्किने संकेत गरेको थियो। 

मंसिर २४, २०७९ शनिबार ०३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।