नेइमारको कीर्तिमानी गोलका बावजुद ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

काठमाडौं : ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनल प्रवेश गरेको छ।
अतिरिक्त समयमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टीमा गएको खेलमा क्रोएसिया ४–२ ले विजयी भएको हो।
ब्राजिलकाे पहिलाे पेनाल्टीलाई क्राेयसियाका गाेलकिपरले राेकेका थिए भने चाैथाे पेनाल्टी पाेलमा लागेर फर्कियाे। क्राेयसियाका भने चारै खेलाडीले गाेल गरे।
त्यसअघि खेलको १०५औं मिनेटमा ब्राजिलका लागि नेइमारले गोल गरे पनि ११६औं मिनेटमा क्रोएसियाका ब्रुनो पेल्कोभिकले गोल गरेका थिए।
नेइमारकाे याे ७७औं अन्तर्राष्ट्रिय गोल हाे। यो गोलसँगै उनले ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बराबरी गरेका थिए। यद्यपि उनकाे गाेलले हार टार्न भने सकेन।
क्रोयसिया राउण्ड अफ १६ मा जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो भने दक्षिण कोरियालाई पराजित गरेर ब्राजिलले क्रोयसियासँगको भेट पक्का गरेको थियो।
मंसिर २३, २०७९ शुक्रबार २३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।