ब्राजिल र क्रोएसियाको खेल पेनाल्टीमा

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल ब्राजिल र क्रोयसिया १–१ गोलसहित बराबरी भएपछि पेनाल्टीमा प्रवेश गरेको छ।
खेलको १०५औं मिनेटमा ब्राजिलका लागि नेइमारले गोल गरे पनि ११६औं मिनेटमा क्रोएसियाका ब्रुनो पेल्कोभिकले गोल फर्काएपछि खेल पेनाल्टीमा प्रवेश गरेको हो।
आजको खेल जित्ने टोली सेमिफाइनल प्रवेश गर्नेछ भने हार्ने टोली घर फर्किनेछ।
मंसिर २३, २०७९ शुक्रबार २३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।