पेलेसँग नेइमारको बराबरी गोल, ब्राजिल १–० ले अघि

काठमाडौं : नेइमारले गरेको गोलसँगै विश्वकपको क्वाटरफाइनलमा क्रोएसियाविरुद्ध ब्राजिलले १–० को अग्रता बनाएको छ।
अतिरिक्त समयको पहिलो हाफमा थप गरिएको एक मिनेटमा नेइमारले ७७औं अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
यो गोलसँगै नेइमारले ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बराबरी गरे।
अन्तिम समयसम्म अहिलेको स्थिति नै कायम रहे ब्राजिल सेमिफाइनल प्रवेश गर्नेछ।
मंसिर २३, २०७९ शुक्रबार २३:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।