रवि लामिछानेले बुझाएर निर्वाचन खर्च विवरण, कति भएको थियो खर्च ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले ११ लाख ८१ हजार ४७२ रूपैयाँको खर्च विवरण शुक्रबार बुझाएका हुन्।
मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए।
सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका थिए। लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताएक छन्।
मंसिर २३, २०७९ शुक्रबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।