ब्राजिल भर्सेस क्रोएसिया : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं : कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल अन्तरगतको ब्राजिल र क्रोयसियाबीचको खेलको पहिलो हाफ गोलरहीत बराबरी भएको छ।
पहिलो हाफमा दुवै टोलीले मौका बनाए पनि त्यसलाई अंकमा रूपान्तरणमा गर्न भने सकेनन्। पहिलो हाफको नियमित ४५ मिनेटको समयपछि एक मिनेटको समय थप गरिएको थियो।
क्रोयसिया राउण्ड अफ १६ मा जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा ब्राजिलले दक्षिण कोरियालाई पराजित गरेर क्रोयसियासँगको भेट पक्का गरेको हो।
मंसिर २३, २०७९ शुक्रबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।