१ अर्ब ५० करोड ट्वीटर खाता डिलिट गर्ने एलन मस्कको घोषणा

काठमाडौं : माइक्रोब्लगिङ साइट ट्वीटरका सीईओ इलोन मस्कले १ अर्ब ५० करोड ट्वीटर अकाउन्ट हटाइने बताएका छन्।
केही समयअघि मस्कले ट्वीट गर्दै छिट्टै यसका लागि काम अघि बढाइने बताएका हुन्।
अर्को ट्विटमा उनले यसबारे थप स्पष्ट पादैै भनेका छन्, ‘कुनै ट्वीट नगरिएका र वर्षौंदेखि लगइन नभएका एकाउन्टहरू हटाइने छ।’
These are obvious account deletions with no tweets & no log in for years
— Elon Musk (@elonmusk) December 9, 2022
मंसिर २३, २०७९ शुक्रबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।