
कालो धन खोज्न राष्ट्र बैंकले गठन गर्यो नयाँ महाशाखा

काठमाडौँ : सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीबारे छानबिन गर्न नेपाल राष्ट्र बैंकले नयाँ महाशाखा गठन गरेको छ। राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतकंवाद क्रियाकलापमा वित्तीय लगानी निवार सम्बन्धी निरीक्षण र सुपरिवेक्षणका लागि सम्पत्ति शुद्धीकरण निवार सुपरिवेक्षण महाशाखा गठन गरेको हो।
नेपाली बजारमा वैध भन्दा अवैध रकमको क्रियाशीलता बढेपछि अन्तर्राष्ट्रिय संस्थाहरूले आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति र कारोबार नियन्त्रणमा नेपालले अपनाएको कमजोर संयन्त्रको आलोचना गर्दै आएका छन्।
सम्पत्ति शुद्धीकरणका लागि सम्पत्ति शुद्धीकरण विभाग भए पनि सो विभागले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन्। नेपालका स्थापित व्यवसायी विनोद चौधरीदेखि उपेन्द्र महतोले समेत नेपालको कानुन छल्दै ट्याक्स हेवन मुलुकहरूमा कम्पनी खोलेर विदेशी लगानीको रूपमा नेपालमा अवैध रकम भित्र्याइरहेको प्रमाणसहित सार्वजनिक हुँदा पनि सरकारले निकायले अनुसन्धान गरेको छैन।
मंसिर २३, २०७९ शुक्रबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।