लहानमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक जना घाइते

लहानमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक जना घाइते

काठमाडौं: सिरहाको लहान नगरपालिका- ३ मा गए राति पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्।

दुर्घटनामा पैदलयात्री धनुषाका जनकपुर उपमहानगरपालिका- २३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए। दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो।

गए राति साढे ११ बजे बा१९च ६९३२ नम्बरको पिकअपले पैदलयात्रीद्वयलाई ठक्कर दिएको हो। सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ।

मंसिर २३, २०७९ शुक्रबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।