ट्र्याक्टरमा स्कुटर ठोकिँदा चालकको मृत्यु

काठमाडौं: बाराको जितपुर सिमरा उपमहानगरपालिका- २ पथलैया वीरगञ्ज सडकखण्डमा स्कुटर ट्र्याक्टरमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक डडेल्धुरा घर भई हाल बाराको जितपुर सिमरास्थित इच्छा होटलमा काम गर्ने ५५ वर्षीय ज्ञानेन्द्र ऐर रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मत्यु भएको हो। गए राति सवा २ बजे प्रदेश २-०३-००२ प ९९९९ नम्बरको स्कुटर ना३त ७१९२ नम्बरको ट्र्याक्टरमा ठोकिँदा दुर्घटना भएको हो।
ट्र्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको छ।
मंसिर २३, २०७९ शुक्रबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।