आकाशियो सुनको मूल्य, तोलामा एक लाख नाघ्यो

आकाशियो सुनको मूल्य, तोलामा एक लाख नाघ्यो

काठमाडौं: नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। सुन तोलामा आज एकैदिन ६ सयले बढेको हो।

योसँगै सुनको मूल्य एक लाखमाथि पुगेको छ। आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ।

यस्तै चाँदीको मूल्य आज प्रतितोला रु ३० ले बढेको छ। आज चाँदी रु एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिर २३, २०७९ शुक्रबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।