बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु

बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु

काठमाडौं: बैतडीमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी चालकको ज्यान गएको छ।

मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउद रहेका छन्। डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउदले चलाएको से१ज ८१६ नम्बरको जीप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो।

चालक मात्रै रहेको उक्त जीप सडकबाट अन्दाजी १५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

मंसिर २३, २०७९ शुक्रबार १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।