आजको मौसम: कहाँ बदली ? कहाँ सफा ?

आजको मौसम: कहाँ बदली ? कहाँ सफा ?

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू-भागमा मौसम बदली तथा केही भू-भागमा मौसम सफा हुने जनाएको छ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २३, २०७९ शुक्रबार ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।