नेपाल टी-२० मा काठमाडौं गोर्खाजको ठाउँमा काठमाडौं नाइट्स भित्रियाे

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स भित्रिएको छ।
काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गरेको हो।
नेपाल स्पोर्ट्स भेन्चरको स्वामित्वमा काठमाडौं नाइट्सले लिग खेल्ने क्यानले जनाएको छ। योसँगै लिगमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन्।
अन्य टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड छन्।
क्यानले नयाँ टिम आवद्ध भए लगत्तै प्रतियोगिता डिसेम्बर २३ देखि सुरु गर्ने घोषणा पनि गरेको छ।
मंसिर २२, २०७९ बिहीबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।