स्कटल्याण्डलाई नेपालले दियो १२० रनको लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत नामिबियामा भएको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई १२० रनको लक्ष्य दिएको छ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३५ ओभर ३ बलमासबै विकेट गुमाएर ११९ रन बनायो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। ५७ बल खेलेका उनले ४ चौका र २ छक्का हिर्काए। सोमपाल कामीले १६, दीपेन्द्रसिह ऐरीले १४ र ललित राजवंशीले ११ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
स्कटल्याण्डका ब्रान्डन म्याकमलन, सफ्यान शरीफ र मार्क वाटले समान दुई–दुई विकेट लिए।
स्कटल्याण्ड अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
मंसिर २२, २०७९ बिहीबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।