एमालेले डाक्यो सचिवालय बैठक

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं : एमालेले शुक्रबार सचिवालय बैठक डाकेको छ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसद् छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिनेछ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

मंसिर २२, २०७९ बिहीबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।