एनसेलले भन्यो– ‘अप्रत्याशित घटनाले सेवामा असुविधाका लागि क्षमाप्रार्थी छौं’

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले अप्रत्याशित घटनाका कारण सेवा अवरुद्ध भएको जनाएको छ।
बिहीबार विहानदेखि एनसेलको सेवा अवरुद्ध भएपछि दिउँसो एक सूचना जारी गरेर कम्पनीले अप्रत्याशित घटनाका कारण सेव अवरुद्ध भएको जनाएको हो।
‘सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो,’ कम्पनीले भनेको छ, ‘यस अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।’
कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
मंसिर २२, २०७९ बिहीबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।