चौध हजार पठाउँदा मेखलालले पाए १० लाख उपहार

काठमाडौं : आइएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ।
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफरको विजेता मेखलाल तामाङ बन्न सफल भए। मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रूपैयाँ पठाएका तामाङले १० लाख रूपैयाँ उपहार पाए।
बुधबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरे।
यस वर्ष ल्याइएकाे अफर २०७८ भदाै १६ गतेदेखि कात्तिक १६ गतेसम्म कूल ९ हप्तासम्म सञ्चालन भएको थियो।
मंसिर २२, २०७९ बिहीबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।