स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीको उदयसँगै अनलाइन पत्रकारितामा थ्रेट बढ्यो: महासचिव पुरी

स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीको उदयसँगै अनलाइन पत्रकारितामा थ्रेट बढ्यो: महासचिव पुरी

काठमाडौं: पत्रकार महासङ्घका महासचिव रोशन पुरीले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट उदाएका स्वतन्त्र जनप्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै अनलाइन पत्रकारितामा थ्रेट (चुनौती) बढेको बताएका छन्।

आज अनलाइन पत्रकार सङ्घको १५ औँ स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै पुरीले पत्रकार महासङ्घले वैशाखदेखि थ्रेट गरेको अनुभव गरेको बताए।

"स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीको उदयसँगै अनलाइन पत्रकारितामा थ्रेट बढेको छ", उनले भने, "यो नयाँ खालको चुनौती भएकाले हामीले गम्भीर रूपमा लिएका छौँ।"

मंसिर २२, २०७९ बिहीबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।